मिसिल व्यवस्थापन र प्रमाण भण्डारण कक्ष निर्माण


जिल्ला प्रहरी कार्यालय पर्साले मुद्दा शाखाको काम थप प्रभावकारी बनाउन मिसिल व्यवस्थापन तथा सबुत प्रमाण भण्डारण कक्ष निमार्ण गरेको छ । सखुवा प्रसौनी गाउँपालिकाको रु १२ लाखको सहयोगमा प्रहरी कार्यालय परिसरमा कक्ष स्थापना गरिएको हो । नवनिर्मित कक्षमा मिसिल, असिमित हदम्याद भएका फाइल र सबुत प्रमाण राख्ने स्थान छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ । कक्ष स्थापनापछि मुद्दा शाखालाई व्यवस्थित गर्न सहयोग पुगेको प्रहरी निरीक्षक कुशल बर्तौलाले जानकारी दिनुभयो । भवन निमार्णका लागि सखुवाप्रसौनी गाउँपालिकाले सहयोग गरेको हो । भण्डारण कक्षमा मिसिल र सबुत प्रमाण राख्नका लागि आवश्यक दराजलगायत सामग्रीको बन्दोबस्त विध्यवासिनी गाउँपालिका र निम्बस ग्रुपलले गरेको हो । गाउँपालिकाले रु तीन लाख तथा निम्बस ग्रुपले रु पाँच लाख ७० हजारको सामग्री सहयोग गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । –––

प्रतिक्रिया दिनुहोस  
    अनुशासित र एकताबद्ध भएर देश निर्माणमा लाग्न अध्यक्ष ओलीको आह्वान   

– प्रकाश सिलवाल, सौराहा, ११ मङ्सिर (रासस) : नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिमा सम्पन्न

  एमाले महाधिवेशनको बन्दसत्रमा विदेशी पार्टीहरुको शुभकामना 

सौराहा, ११ मङ्सिर (रासस) : नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको

  माओवादीलाई पुनः क्रान्तिकारी बनाएरै छाड्ने अध्यक्ष प्रचण्डको दृढता  

काठमाडौँ, ११ मङ्सिर (रासस) नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र

     भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

रुपन्देही, ११ मङ्सिर (रासस)  सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई