भक्तपुरमा दिउँसै महिलाको घाँटी रेटेर हत्या


भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको पछाडि आज दिउँसो एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ ।

ज्वाइँको घरमा बस्दै आउनुभएकी ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सवीन प्रधानले जानकारी दिनुभयो । ज्वाइँ सोनाम थापा मगरको नयाँ बनेको ढेडतले घरमा बस्दै आउनुभएकी भट्टराईको हत्या भएको हो । प्रहरी उपरीक्षक प्रधानले प्रारम्भिक अनुसन्धानमा घरमा कोही नभएको अवस्थामा बिहान करीब १०ः३० बजेपछि मोटरसाइकलमा आएका तीन युवा घरभित्र पसेर हत्या गरेको देखिन्छ भन्नुभयो ।

प्रहरीले घटनाको दिउँसो १ बजे मात्रै जानकारी पाएपछि प्रहरी परिसर भक्तपुर, अपराध अनुसन्धान महाशाखाको टोलीले घटनास्थलको अनुसन्धान गर्दै मुचुल्का उठाउने काम गरेको उहाँले जानकारी दिनुभयो । कोठाभित्रै गएर हत्या भएको जानकारी दिँदै उहाँले हत्यामा संलग्नको खोजी भइरहेकोे बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई