पोखरामा रोपाइँ महोत्सव


र्यटकीय नगर पोखरामा रोपाइँ महोत्सव आयोजना गरिएको छ । पोखरा पर्यटन परिषद्को आयोजना एवम् नमूना कृषि गाउँ महतगौडा–दोविल्लाको सहआयोजनामा पोखरा–१७ महतगौडा बिरुवा फाँटमा १६औँं असारे रोपाइँ महोत्सव आयोजना गरिएको हो । बाह्य पर्यटकका साथै आन्तरिक पर्यटक र स्थानीयवासीको उपस्थितमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खेतको हिलो साएर महोत्सवको शुभारम्भ गर्नुभयो । पोखरा महानगरपालिकाभित्रको कृषियोग्य भूमिको संरक्षणका लागि महानगर प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । नेपाली समाजमा काठको हलो, गोरु, हली र बाउसेसहितको टोलीले तयार गरेको दबदबे हिलोमा हातले छुपुछुपु धानको बीउ रोप्ने संस्कृतिको संरक्षण गर्दै परम्परागत कृषि प्रणालीलाई पर्यटन प्रवद्र्धनसँग जोड्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निर्देशक मणि लामिछानेले बोर्डले आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धनमा जोड दिँदै आएको बताउँदै महोत्सवको माध्यमबाट भावी पुस्तालाई व्यावसायिक कृषि पेशामा लाग्न प्रेरणा प्रदान गर्ने बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले आजभन्दा सोह्र वर्षअघि देखि सञ्चालन गर्दै आएको रोपाइँ महोत्सव यतिखेर पोखराको छुट्टै स्थापित पर्यटकीय पहिचान बनेको उल्लेख गर्नुभयो । कार्यक्रममा पोखरा–१७ का वडाध्यक्ष तीर्थ अधिकारी, पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटालगायतले रोपाइँ महोत्सवलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो । ‘पोखरा सबै मौसमका लागि’ नाराका साथ आयोजित महोत्सवमा चार हल गोरुले हिलो बनाउनुका साथै आमा समूहबीच रोपाइँ प्रतियोगिता, हिलोमा माछा छोप्ने, हिले दौडलगायत प्रतियोगिताको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई