निकुञ्जमा ‘स्विप अप्रेशन’


चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि ‘स्विप अप्रेशन’ शुरु भएको छ । निकुञ्जको अमलटारी क्षेत्रको खोरिया मुहान र गैँडा खासा क्षेत्रबाट अप्रेशन शुरु गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जलाई १० भागमा विभाजन गरेर स्विप थालिएको हो । आज अप्रेशनमा सात हात्ती परिचालन गरिएको छ । निकुञ्जका कर्मचारी, नेपाली सेना र माउतेहरु गरी २५ जनाको टोली उक्त कार्यमा जुटेको उहाँले जानकारी दिनुभयो । सम्बन्धित क्षेत्रमा रहेका पोष्टका सुरक्षाकर्मी र कर्मचारी अप्रेशनमा जुटेका छन् । झण्डै १० दिनसम्म यो कार्य जारी रहनेछ । शुरुआत अमलटारी क्षेत्रबाट भए पनि एक–दुई दिनमा दशै ठाउँमा काम शुरु हुने घिमिरेले बताउनुभयो । सो क्रममा चुरे क्षेत्रमा राति बसेर गस्ती गर्ने तयारी गरिएको छ । बर्सातको समय चोरी–शिकारका दृष्टिले संवेदनशील मानिन्छ ।

बर्सातसँंगै घाँस उम्रिएर झाडी बन्ने, बाढीले गस्ती गर्न कठिन हुने, सडक र पुल भत्कने, मानिसलाई हात्तीसम्म पुग्नसमेत कठिन हुन्छ । सोही कारण बर्सातअघि पूरै क्षेत्र भ्याउने गरी स्विप गर्न लागिएको हो । निकुञ्जको विगतको तथ्याङ्कलाई हेर्दा यो समयमा धेरै चोरी–शिकार भएको देखिन्छ । यसैलाई मध्यनजर गर्दै निकुञ्जले चोरी–शिकार नियन्त्रणका लागि नयाँ रणनीति निर्माण गरी स्विप कार्यलाई अघि बढाएको हो । निकुञ्जमा ५३ स्थायी पोष्ट छन् ।

निकुञ्जमा पैदल, साइकल, हात्ती, डुङ्गा, कुकुर र गाडीबाट गस्ती गरिँदै आएको छ । यो निकुञ्ज दुर्लभ वन्यजन्तु एकसिँगे गैँडा र पाटेबाघका लागि प्रख्यात छ । गस्ती बढेसँगै दुई वर्षयता शिकारीले गैँडा मार्न पाएका छैनन् । शसस्त्र द्वन्द्वका समयमा एकै वर्षमा ३६ वटासम्म गैँडा तस्करले मारेका थिए ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई