संसदद्वारा नयाँ आर्थिक बर्षका लागि ६२ अर्ब अमेरिकी डलरको बजेट अनुमोदन


ढाका, बङ्गलादेश: बङ्गलादेशको संसदले आर्थिक बर्ष २०१९-२० का लागि अहिलेसम्मकै उच्च पाँच ट्रिलियन टाका ( झण्डै ६२ अर्ब अमेरिकी डलर) को बजेट अनुमोदन गरेको छ । मुलुकको आर्थिक वृद्धि दरलाई ८.२ प्रतिशत पु¥याउने लक्ष्य लिएको सरकारले अर्थमन्त्री एएचएम मुस्तफा कमलद्वारा जारी बार्षिक बजेट कार्यक्रमलाई आइतबार संसदमा अनुमोदनका लागि प्रस्तुत गरेको थियो । प्रधानमन्त्री शेख हसिनाको सत्ताधारी दल बङ्गलादेश अवामी लिग (एएल) पार्टीको सरकारले आर्थिक वृद्धिका लागि महत्वाकांक्षी योजनासहित बजेटको घोषणा यस पहिले नै गरेको थियो । संसदमा प्रस्तुत वजेट कार्यक्रमलाई यस आर्थिक बर्षको अन्तिम संसद अधिवेशनको अन्तिम दिन ध्वनी मतका आधारमा सर्वसम्मतिका साथ अनुमोदन गरेको हो ।

सन् २०१९-०२० का लागि बङ्गलादेशको कुल बजेट ६२ अर्ब अमेरिकी डलर हुनेछ, जुन यहाँको कुल ग्राहस्थ उत्पादनको १८.१ प्रतिशत रहेको छ । सरकारले यस बर्ष १३ प्रतिशत बजेट वृद्धि गरेको हो । खर्चतर्फ बार्षिक विकास कार्यक्रमका मानव साधनस्रोत, विद्युत तथा इन्धन र सूचना सञ्चार क्षेत्रमा सवैभन्दा बढी अर्थात् २.०२ ट्रिलियन टाका बराबरको बजेट छुट्टाइएको छ ।

नयाँ बर्षमा बङ्गलादेशको बजेट घाटा करिब १.४३ ट्रिलियन रहनेछ, जुन कुल ग्राहस्थ उत्पादनको पाँच प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई