कू’को साइत हेराएर राजा महेन्द्रले किन बोलाएका थिए मध्यरातमा संसद बैठक


राजा महेन्द्रले ज्योतिषलाई नै साइत हेराएर संसद बैठक बोलाएपछि केही समयमै जननिर्वाचित संसद भंग भयो । २०१५ साल फागुन ७ गतेबाट सुरु भएको निर्वाचनको परिणाम छिटै आएपनि महेन्द्रलाई त्यो संसद जीवित गर्ने मन नभएकाले भंग गरिएको जान्ने बुझ्नेहरुको भनाई छ नेपाल समाचारपत्र दैनिक लेख्छ । 

संसद बैठक राती बोलाइएकोबारे संसद सचिवालयले प्रकाशित गरेको सूचना यस्तो थियो–नेपाल अधिराज्यको संविधानको धारा २६ अनुसार, श्री ५ बाट जनप्रतिनिधिलाई संसद २०१६ साल, असार १६ गते, रोज ३ मा रातको ११ः४५ बजे ग्यालरी बैठक, काठमाडौंमा आह्वान गरिबक्सेकाले सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

राजा महेन्द्रले पहिलो महासभालाई साउन ९ र दोस्रो सम्बोधन चैत १८ गते गरेका थिए ।

२०१५ साल जेठ २ गते सुवर्ण शमशेर राणाको नेतृत्वमा बनेको मन्त्रिपरिषद्ले निर्वाचन गराएको थियो । निर्वाचनपछि नेपाली काँग्रेसले बहुमत ल्यायो । 

त्यसपछि ०१६ जेठ १६ गते बिपी कोइराला प्रधानमन्त्री बने । तर, २०१७ पुस १ गते महेन्द्रले संसद भंग गरिदिए । 

सोमबार संघीय संसद भवन नयाँ वानेश्वरमा संसद दिवस मनाइँदैछ । हरेक वर्ष असार १६ लाई संसद दिवसको रुपमा मनाइने गरिएको छ।  

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई