दुर्घटनामा दुईको मृत्यु


पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–८, स्थित जङ्गलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । आज बिहान नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १० नम्बरको ट्रकले नारायणगढतर्फ जाँदै गरेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका–७ बस्ने २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकलमा सवार ३३ वर्षीय तारा पोखे्रलको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि कालीगण्डकी अस्पताल कावासोतीमा लगिएकोमा दुवैजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई