के तपाईंले बजारमा अखाद्य वस्तु, म्याद गुज्रेका पेय किन्निरहनु भएको त छैन ? सतर्क हुनुहोस् ।


बजारमा अखाद्य वस्तु, म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ खुलारुपमा बिक्री हुँदै आएको छ । जिल्ला बजार अनुगमन समिति नेतृत्वको संयुक्त टोलीले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दोलालघाटमा गरेको बजार अनुगमनको क्रममा यस्तो भेटिएको हो । बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरी नेतृत्वको टोलीले गरेको अनुगमनमा पसल सञ्चालकले म्याद गुज्रेका विभिन्न खाद्य सामग्री बिक्री वितरण गरेको पाइएको कारण त्यसलाई नष्ट गरी अब त्यस्तो नगर्न पसल सञ्चालकलाई सचेत गराएको छ । सो क्षेत्रका दर्जनौँ पसलमध्ये पाँच÷छ वटा पसलमा म्याद गुज्रेका र अखाद्य वस्तुको समेत प्रयोग गरी बिक्री वितरण गर्दै आएको पाएपछि ती सामग्री नष्ट गरिएको हो । “हामीले सो ठाउँको किराना पसलमा गरेको अनुगमनमा म्याद गुज्रेका तीन कार्टुन सन् फ्लावर तेलको प्याकेट, वनस्पति घ्यू १४ प्याकेट, मिरिन्डा र स्प्राइड, खुर्सानी र बेसारको धुलो नष्ट गरेका छौँ ।” उहाँले भन्नुभयो, “त्यससँगै विशेष गरी त्यस ठाउँमा बिक्री हुँदै आएको माछामा अखाद्य वस्तु (रङ) मिसाएर बेच्नुका साथै बजारमा धुलो धुँवा उडेको ठाउँमा खुलारुपमा नै गाडामा राखेर र प्लेटमा राखेर गाडीका यात्रुलाई बेच्ने गरेको पाइएको छ ।” जिल्लाको पर्यटकीय क्षेत्रका रुपमा परिचित दोलालघाट बजारमा खुलारुपमा बाहिर नै राखेर बिक्री गर्दै आएको माछामा अखाद्य वस्तु प्रयोग गर्नुका साथै धुलो धुँवा मिसिएको पाइएको बताउँदै त्यसको लागि सुरक्षित तवरले बिक्री गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । “त्यसको लागि हामीले सात दिनको समय दिएर अखाद्य वस्तु प्रयोग नगर्ने, धुलो नपस्ने गरी सिसाको बार लगाएर राख्ने, जालीले बेर्ने र प्लाष्टिकले छोपेर राख्नुपर्ने भनी निर्देशन दिएका छौँ ।” पुरीले भन्नुभयो, “यदि दिएको समयभित्र पनि निर्देशन पालना नगरेको पाइएमा देखिएका वस्तु जफत गर्नेछौँ ।” खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिव भण्डारीले भुटेर खाने वस्तुमा रङ हालेर पकाएर खुवाएको खण्डमा दूषितअन्तर्गत कारवाही हुने बताउनुभयो । “आज हामीले चेतावनी मात्रै दिएका छौँ, भोलिको दिनमा सुधार नगरी यस्तै गरी बिक्री वितरण गरेको पाइएमा कारवाही गर्न बाध्य हुन्छौँ ।” भण्डारीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई