अपहरणको आरोपमा चार जना पक्राउ


भक्तपुर, २६ चैत: महानगरीय प्रहरी बृत्त थिमिले अपहरणमा परेका एक युवाको सकुशल उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीका २३ वर्षीय विकास लामा, काठमाडौँ महानगरपालिका–६ बौद्ध, चावहिलका २९ वर्षीय रमेश लामा, काठमाडौँ महानगरपालिका–१ कपन चुनिखेलका ३२ वर्षीय धनलाल श्रेष्ठ र झापा बुधबारे–३ घर भई हाल काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ३३ वर्षीय विकास थापा रहेको प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो । उनीहरुले चाँगुनारायण नगरपालिका–९ ताथली हलाल गाउँमा डेरा गरी बस्ने झापा दमक नगरपालिका–९ दुधेका २५ वर्षीय सन्तोष तुम्बापुलाई अपहरण गरेको आरोप छ ।

तुम्बापुलाई बा९च १८०१ नं को कारमा जबर्जस्ती राखेर लगेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिका–९ ब्रम्हायणीबाट नियन्त्रणमा लिई सन्तोषको उद्धार गरिएको शर्माले जानकारी दिनुभयो । अपहरणमा प्रयोग भएको गाडीसहित पक्राउ परेका चारै जनालाई प्रहरी बृत्त जगातीमा राखेर अनुसन्धान थालेको उहाँले बताउनुभयो ।

–––

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई