शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा


जुम्लाका तीन विद्यालयलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको छ । किर्डाक नेपाल जुम्लाको सहजीकरण, प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्थानीय सरकारको आयोजनामा तीन विद्यालयलाई बालबालिकामुक्त समुदाय घोषणा गरिएको हो । हिमा गाउँपालिकाको भैरव आधारभूत विद्यालय जोडिवाडा, सिञ्जा गाउँपालिकाको जाँच र धाँपागाउँमा रहेका विद्यालयलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको छ । असी घरधुरीको जोगिवाडा गाउँका ९९ बालबालिका विद्यालय भर्ना भएपछि शनिबार उक्त गाउँलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको हो । उक्त गाउँका सबै बालबालिका विद्यालय पहुँचमा पुगेका छन् । विद्यालय क्षेत्र बाहिरका बाबालिकालाई विद्यालयको पहुँचमा ल्याइएका कारण विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमहबहादुर शाहीले बताउनुभयो । किर्डाक नेपाल जुम्लाले सञ्चालन गरेको बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनका लागि घरधुरी सर्वेक्षण, विद्यार्थी ¥याली, विद्यार्थी खोज अभियान, अभिभावक र वडा बैठक, घरदैलो अभियान, अभिभावक परामर्श कार्यक्रम, विद्यालयमा मैत्रीपूर्ण संरचना निर्माण, शौचालय, खानेपानी, घेराबार र गाउँपालिकाको अनुगमनलगायत विभिन्न सूचक पूरा गरेर जोगिवाडा, जाँच र धाँपागाउँमा रहेका बालबालिकालाई शतप्रतिशत विद्यालय हाताभित्र रहेको सुनिश्चित भएका कारण मुक्त समुदाय घोषणा गरिएको हो । घोषणा कार्यक्रममा हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले सिङ्गो गाउँपालिकाभरिका विद्यालयलाई विद्यालय बाहिर बालबालिका नरहेको घोषणा गरिने बताउनुभयो । भैरव आधारभूत विद्यालयबाट अभियान शुरु भएको अवगत गराउँदै उहाँले गुणस्तरीय शिक्षाका बारेमा शिक्षक र अभिभावक गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । शिक्षा पाउने अधिकारबाट बालबालिकालाई प्रत्याभूति गर्न सबै निकाय चनाखो हुनुपर्ने उहाँको भनाइ थियो । घोषणा गरेर मात्रै नहुने भन्दै उहाँले पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो । भैरव आधारभूत विद्यालयका प्रधानाध्यापक लालनाथ योगीका अनुसार शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्लान इन्टरनेश्नल नेपाल र किर्डाक नेपालले सहयोग गरेका कारण सबै बालबालिका विद्यालयको पहुँचमा पुगेको उहाँले बताउनुभयो । हिमा गाउँपालिकामै पहिलोपटक विद्यालयले नमूनाको काम गर्न पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । दृष्टिविहीन विद्यार्थीलाई भवन जुम्लाको सिञ्जामा रहेको भैरव मावि नराकोटमा ११ कोठे नमूना भवन निर्माण भएको छ । निर्माण भएको ११ कोठे भवन शनिबार गाउँपालिकाको रोहवरमा विद्यालयले बुझेको छ । रु एक करोड १७ लाख ४९ हजारको लागतमा भवन निर्माण भएको हो । विशेष कक्षा सञ्चालन गरेको भैरव माविमा अध्ययनरत १२ दृष्टिविहीन बालबालिकाको सहजताका लागि प्लान इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको प्राविधिक सहयोगमा भवन निर्माण भएको हो । सबै सुविधा भएको भवन निर्माण भएको जुम्लामा यो पहिलोपटक हो । भैरव माविमा १२ दृष्टिविहीन बालबालिकाले सहजताका साथ अध्ययन गर्न पाएका छन् । भवन निर्माण हुनुपहिले समस्या भोगेका बालबालिकाले नयाँ भवन निर्माणपछि सहज भएको प्रतिक्रिया दिएका छन् । भैरव मावि नराकोट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिशङ्कर चौलागाईंले विभिन्न समस्या भोगेका दृष्टिविहीन बालबालिकालाई राहत भएको बताउनुभयो । अध्ययनकार्यमा विद्यार्थीको थप ऊर्जा पलाएको बताउँदै उहाँले भवन निर्माण भएकामा खुशी व्यक्त गर्नुभयो । प्रधानाध्यापक मानबहादुर रोकायाले फरक क्षमता भएका दृष्टिविहीन बालबालिकाको पढाइमा ठूलो सहयोग पुगेको बताउनुभयो । नयाँ भवनमा सबै व्यवस्थापन भएकाले विद्यार्थीलाई सहज भएको उहाँले बताउनुभयो । प्लान इन्टरनेश्नल नेपालका शिक्षा अधिकृत दिलीप बोहोराले फरक क्षमता भएका बालबालिकाको पढाइमा सजिलो होस् भनी भवन निर्माण गरिएको बताउनुभयो । समुदायसँगको सहकार्य र स्थानीय सरकारसँग समन्वय गरी भवन निर्माण भएको उहाँले बताउनुभयो । प्लान इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपालको सहजीकरणमा निर्माण भएको भवनको सामाजिक लेखापरीक्षणसमेत भएको छ । भवन निर्माणका क्रममा भएको खर्च विवरण सबैका सामु सार्वजनिक गरिएको हो । किर्डाक नेपाल जुम्लाका लेखा अधिकृत नरेन्द्रप्रसाद पाण्डेले विभिन्न शीर्षकमा खर्च भएको रकम जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई