नेपाली प्रहरी चौकीमा भारतीय फोनको प्रयोग


लमही, २६ चैत: दाङको नाका क्षेत्रका प्रहरी चौकीमा भारतीय फोन नम्बरको प्रयोग भइरहेको छ ।

नेपालका कुनै पनि सीमको टावरले काम नगर्ने भएपछि दाङको नाका क्षेत्रका प्रहरी चौकीले भारतीय फोन नम्बर प्रयोग गरिरहेका हुन् । नाका क्षेत्रका हरेक गतिविधि भएमा भारतीय फोन नम्बरबाट जिल्ला प्रहरीलाई जानकारी दिने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । “अझै पनि नाकामा नेपाली फोनले काम गर्दैन्, त्यसैले भारतीय नम्बर प्रयोग गर्नुपर्ने वाध्यता छ”, उहाँले भन्नुभयो, “यताबाट सम्पर्क गर्न खोज्दा भारतीय नम्बरमा फोन गर्नुपर्छ, त्यो पनि आवश्यक परेको बेला फोन लाग्दैन् ।”

पाण्डेका अनुसार प्रहरी चौकीका केही गतिविधि जिल्लामा जानकारी गराउनुपर्दा पनि भारतीय नम्बर वा एकघण्टा माथि डाँडामा पुगेर फोन गर्ने वाध्यता छ । “नेपाली सीमकार्ड मात्रै होइन्, प्रहरीले प्रयोग गर्ने सेटले पनि काम गर्दैन्”–उहाँले भन्नुभयो, “त्यसैले उताबाट केही जानकारी दिनुपरेमा एक÷डेढ घण्टा हिँडेर डाँडामै पुग्नुपर्छ, कि त भारतीय फोनबाट फोन गर्नुपर्छ ।”

जिल्लाबाट खबर गर्नुपर्दा भने समस्या हुने गरेको उहाँको भनाइ छ । अहिले सीमा प्रहरी चौकी खङ्ग्रा, भैसाही, कोइलाबास र अतिरिक्त प्रहरी पोष्ट सिरियानाका, डगमारा नाका र मुसिनाकाले भारतीय फोन नम्बर प्रयोग गर्दै आएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

भारतीय नम्बरले पनि राम्रोसँग काम नगर्दा अहिले त्यहाँका विभिन्न घटना टिपाउन ढिलाइ हुने गरेको उहाँले बताउनुभयो । केही दिनअघि मात्रै नाकामा आगलागी भएको घटना पनि जिल्लामा ढिला गरि मात्रै सूचना आएको स्मरण गर्दै उहाँले फोनको अभावमा नाकामा भएका धेरै घटनाहरु ढिलामात्र जिल्लामा रिपोर्टिङ हुने गरेको छ ।

अर्कोतर्फ स्थानीयलाई पनि प्रहरीमा सम्पर्क गर्न कठिनाइ भएको छ । स्थानीयवासी अमृत खड्काले भन्नुभयो, “प्रहरीलाई आवश्यक परेको बेला फोन गर्दा लाग्दैन्, लागे पनि आवाज राम्रोसँग सुनिदैन ।” फोन सेवा प्रभावकारी नहुँदा प्रहरी र नागरिकबीचको दूरी बढेको उहाँले बताउनुभयो । त्यहाँका नागरिकले प्रहरीलाई फोन गर्नुपरेमा भारत जानुपर्ने बाध्यता रहेको स्थानीयवासी खड्काले बताउनुभयो । 

“नाका क्षेत्रमा गर्मीको समयमा बढी आगलागीका र वर्षाद्मा पहिरोको जोखिम हुन्छ”–उहाँले भन्नुभयो, “त्यस्तो समयमा फोन गर्न खोज्दा समयमा फोन लाग्दैन्, त्यसले झनै समस्या थपेको छ ।” सुरक्षा दिने निकायमा सञ्चार आदान–प्रदानको समस्या हुँदा नागरिकले सुरक्षाको अनुभूति गर्न नपाएको उहाँको भनाइ छ ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय तुलसीपुरले दाङको नाका क्षेत्रमा नेपाल टेलिकमको टावर निर्माणका लागि सर्वे भइरहेको जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा दाङमा नौ वटा टेलिकमको टावर निर्माण भइरहेको भन्दै ती टावरले दाङका धेरै क्षेत्रलाई ओगट्नेसमेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई