स्कुटर दुर्घटनामा एकको मृत्यु


स्कुटर दुर्घटना हुँदा पुतलीबजार नगरपालिका–१३ का एक युवकको मृत्यु भएको छ । हिजो साँझ भिरकोट नगरपालिका–१ लामाचौरस्थित सिद्धार्थ राजमार्गमा हेलुबाट बयेरघारीतर्फ आउँदै गरेको ग१६प ९१२४ नं स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार पुतलीबजार नगरपालिका–१३ का कोसिन्दर क्षेत्रीको आज उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका स्कुटर चालक राजेश केसी र त्यसमा सवार क्षेत्री घाइते भएपछि दुवै जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएकामा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । अर्का घाइते केसीको उपचार भइरहेको र उहाँँको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । स्कटुर अचानक अनियन्त्रित भई सडकको कुनामा पल्टँदा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई