महासंघको ठहर- समाचारको बारेमा सञ्जालमा टिप्पणी गरे सार्वजनिक माफि माग्नु पर्ने


पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताको अनौठो परिभाषा गरेको छ। महासंघका अनुसार समाचार पत्रमा छापिएको समाचारको बारेमा टिका टिप्पणी गर्ने कार्य प्रेस स्वतन्त्रताको विरोधी कार्य हुने जनाएको छ।

फिदिम टुडे दैनिकले छापेको समाचारका बारेमा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपाल र पूर्वअध्यक्षले सामाजिक सञ्जालमा नकारात्मक टिका टिप्पणी गरि प्रेस स्वतन्त्रता विरोधी कार्य गरेको ठहर गरेको छ। उक्त टिका टिप्पणीको लागि पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष र पूर्वअध्यक्षले सार्वजनिक रुपमा माफि माग्नु पर्ने ठहर समेत गरेको छ। “समाचार प्रति चित्त नबुझे वा कुनै गुनासो रहे अपनाउनु पर्ने कानुनी मार्गलाई छाडेर सामाजिक सञ्जाल मार्फत टिका-टिप्पणी गर्नु प्रेस स्वतन्त्रता विरोधी कार्य हो। महासंघ यस्ता घटनाको कडा भत्सर्ना गर्दै सार्वजनिक माफि मागी प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गर्दछू” महासंघका महासचिव रमेश विष्टद्धारा हस्ताक्षरित विज्ञप्तीमा भएिको छ।

विवादको शुरुवात पाँचथरबाट प्रकाशित हुने स्थानिय पत्रिका फिदिम टुडेमा असार १३ मा प्रकाशित “स्वार्थ समुहूको चंगुलमा स्थानिय सरकार” शिर्षकको सामाचारमा छापिएबाट भएको थियो। उक्त समाचारमा “विज्ञहरुको भन्दा पनि कार्यकर्ताको परिचालन भएको छ। स्थानिय तहहरुमा कार्यकर्ताको हाली मुहालीले गर्दा विकास निर्माण तथा उन्नतिको काम प्रभावित देखिन्छ। यसले विकास, शुसासन र पारदर्शिातामा ठूलो असर गरको छ” भनिएको छ।

उक्त समाचारको खण्डन गर्दै वाणिज्य संघका अध्यक्षले आफु अर्थशास्त्र र राजनिति शास्त्रमा स्नातक गरेकाले मेयरको आर्थिक सल्लाहाकार हुन योग्यता पुगेको र वाणिज्य संघको अध्यक्षको नाताले स्थानिय सरकारको राजश्व परमर्श समितिको सदस्य हुने भएकाले समाचार लेख्ने पत्रकारलाई जानकारी लिन अनुरोध गरेका छन। साथै उनले पत्रकारद्धयले मेयरको विरोधमा लामो समय देखि कलम चालेको समेत उल्लेख गरेका छन।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई