किन गर्दैछन दीपक मनाङे नेकपा प्रवेश

१८ असार, काठमाडौं । गण्डकी प्रदेश सांसद राजिव गुरूङ ( दीपक मनाङे ) बिहीबार नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ ।
सांसद गुरुङलाई बिहीबार जिल्ला पार्टी कार्यालय कास्कीमा नेकपा प्रवेश गराउने कार्यक्रम तय भएको जनाइएको छ ।
गुरुङलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी सदस्यता दिँदैहुनुहुन्छ , गुरुङले निर्वाचित भएको १६ महिनापछि गत माघ १४ गते सपथ लिनु भएको थियो ।
मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिनुभएको वहाँ नेकपाकै सहयोगमा विजयी भएकाे कारणले नेकपा प्रबेश गर्न लाग्नु भएको हो ।