कांग्रेस उपसभापतिको मतगणना जारी , कसले कती पाए मत
काठमाडौँ, २९ मङ्सिर: नेपाली कांग्रेसको उपसभापति पदको मतगणना जारी रहेको छ । गणना सानेपामा भईरहेको छ ।
दुई जना उपसभापतिका लागि सातजना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उपसभापतिको उम्मेदवारमा विजयकुमार गच्छदारले – २४६ मत र पूर्णबहादुर खड्काले २४६- मत , धनराज गुरुङ – २५८, चन्द्र भण्डारीले २१५ – मत पाउनु भएको छ ।
मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रियसभा गृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनः सभापतिमा निर्वाचित भइसक्नुभएको छ । सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो ।