एउटा नासु सरुवा गराउँन मलाई ३२ सांसदले दबाब दिएः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक नासुको सरुवा गराउन ३२ सांसद लागेको सुनाएका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा निजामति विधेयकको दफाबार छलफलमा बुधबार उनले कर्मचारीमा सांसदले दबाब दिने गरेको औँल्याएका हुन्। यो खबर आजको कान्तिपुर दैनिकमा दिनेश रेग्मीले लेखेका छन्।
‘कर्मचारीको सरुवा नबोक्ने माननीयहरुको संख्या कति होला?’ उनले भने, ‘एकजना नायव सुब्बाले एक ठाउँमा सरुवा गराउन ३२ जना माननीयलाई लिएर मकहाँ आए, तर मैले गरिन।’