राजीव गुरुङ नेकपामा प्रवेश गरेसंँगै मनाङ जिल्ला कम्युनिष्टमय


मनाङ जिल्ला निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गर्नुभएको छ ।

नेकपा गण्डकी प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले गुरुङ र नेत्रविक्रम चन्द समूह कास्की जिल्ला सचिवालय सदस्य पुष्प कार्कीलाई टीका खादासहित नेकपाको सदस्यता हस्तान्तरण प्रदान गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले लोकतान्त्रिक विधि र प्रक्रियाबाटै नेपालका कम्युनिष्टले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै मुलुकका सबै कम्युनिष्ट एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

विध्वंसात्मक गतिविधि सञ्चालन गर्दै आएकाहरु मूलधारको राजनीतिमा आउनाको विकल्प नभएको बताउँदै उहाँले जनताका लागि यस्ता क्रियाकलाप सह्य हुँदैन भन्नुभयो ।

‘दीपक मनाङे’को प्रवेशसँंगै गण्डकी प्रदेशसभामा नेकपाको स्पष्ट दुई तिहाइ बहुमत भएको जिकिर गरिएको छ ।

नवप्रवेशी मनाङे’ले नेकपाको सिद्धान्त आत्मसात् गर्दै आफू क्रियाशील हुने बताउँदै समृद्धि र विकासको लक्ष्य वर्तमान नेकपा नेतृत्वको सरकार र पार्टीले गर्ने विश्वासका साथ आफूले पार्टी प्रवेश गरेको बताउनुभयो ।

नेकपा मनाङका अध्यक्ष एवम् सङ्घीय सांसद पाल्डेनथोपान गुरुङले प्रदेशसभा सदस्य गुरुङ पार्टीमा प्रवेश गरेसंँगै मनाङ जिल्ला कम्युनिष्टमय हुने विश्वास व्यक्त गर्दै यसबाट जिल्लाको समग्र विकासमा समेत टेवा पुग्ने बताउनुभयो ।

नेकपा कास्कीका अध्यक्ष एवम् प्रदेशसभा सदस्य कृष्ण थापा र नेकपा प्रदेश सचिव गोविन्द नेपालीले पार्टी एकीकरणका अधिकांश काम सम्पन्न भइसकेका अवस्थामा पार्टीप्रतिको आस्था विश्वास बढ्दै गएको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई