दुई तिहाइको सरकार सिमलको भुवाँ होइन : सञ्चारमन्त्री बाँस्कोटा

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपाको दुई तिहाइको सरकार सिमलको भुवाँ होइन । यो त्यतिकै आएको पनि होइन । देश र जनताका लागि के गर्नुपर्छ हामीलाई राम्ररी थाहा छ भन्नेकुरा बताउनु भएको छ ।
हालै भएको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले उक्त कुरा बताउनु भएको हो ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री बाँस्कोटाले नेत्रविक्रम चन्द समूहलाई वार्तामा आउन पुनः आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “हामीले वार्ता पनि ग¥यौँ, वार्तालाई उहाँ (विप्लव समूह) ले रुचाउनु भएन, अनुचित र गैर संवैधानिक कार्य गर्दै हिँड्नुभो, त्यसो भएपछि नियन्त्रणमा लिने र निस्तेज गर्ने सरकारको काम हो ।”
“फेरि पनि वार्ताको लागि सरकारको अनुरोध छ । वार्ताका लागि रातो कार्पेट बिछ्याउँदा पनि हिंसाको निम्ति वातावरण बनाइरहने, धम्क्याइरहने, त¥साहिरहने र चन्दा आतङ्क मच्चाउने हो भने यो जङ्गली राजलाई छुट दिन सकिन्न”, सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो ।
उहाँले वार्ताबाट भाग्ने कुरा ठीक नभएको भन्दै दुई तिहाइ जनमत प्राप्त सरकारले राजनीतिको नाममा हुने अपराधलाई निस्तेज पार्ने बताउनुभयो ।