दोहोरो अङ्कले घट्यो नेप्से परिसुचक


काठमाडौँ, २६ चैत: लगातार उकालो लागेको शेयर बजारमा आज भने शेयरको मूल्य दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८२ विन्दुले घटेर एक हजार १८०.८६ विन्दमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१९ विन्दुले घटेर २५२.८१ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेपनि कारोवार रकम भने आज बढेको छ । कूल १७१ कम्पनीको २७ लाख ३९ हजार ६८९ कित्ता शेयर रु ७१ करोड ७१ लाख ४७ हजार २७४ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका दशवटै उपसमूहको शेयर घटेको छ । बैंकिङ ९.६, होटल ०.९१, विकास बैंक ५.४८, जलविद्युत् ७.९, वित्त ०.५८, निर्जीवन बीमा ९३.६१, उत्पादन ३६.३२, अन्य २.७५, लघुवित्त १४.५८ र जीवन बीमा ८३.०२ विन्दुले घटेको छ ।

कारोबारका आधारमा आज कुमारी बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु पाँच करोड ७७ लाख ७९ हजार १६५, नेको इन्स्योरेन्स रु पाँच करोड ७५ लाख ४९ हजार ५०६, एनआइसि एशिया रु चार करोड ९९ लाख १९ हजार ३६१, गरिमा विकास बैंक लिमिटेडको संस्थापक शेयर रु तीन करोड ८४ लाख ६७ हजार १५५, नेपाल बैंक लिमिटेड रु तीन करोड ७२ लाख ३५ हजार ४२, एनएमबी बैंक रु तीन करोड ३८ लाख २६ हजार ७६५ र नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु दुई करोड ५६ लाख १३ हजार २१५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले ९.५२ प्रतिशतले कमाएका छन् । उन्नती माइक्रोफाइनान्स ५.८८, सिन्धु विकास बैंक ५.४७, आँखु खोला जलविद्युत् कम्पनी ३.८५, रिलायन्स फाइनान्सका शेयरधनीले २.५६ प्रतिशत कमाए । यस्तै जोशी हाइड्रो पावर ८.१२, घलेम्दी ८.१०, एनएमबी माइक्रोफाइनान्स ७.०४, पञ्चकन्या माइ हाइड्रोपार ६.०३, र शिवम सिमेन्टका शेयरधनीले ५.७७ प्रतिशतले गुमाए ।

–––

प्रतिक्रिया दिनुहोस  
भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो: अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

अर्थमन्त्री बिष्णु पौडेलको एउटै निर्णयले २४ अर्ब बचत

काठमाडौं, अर्थ मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही – गोलभेँडाको उचित मूल्य नपाएपछि हरिवनका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई