फुसे्रखोलाको तुइन हटाइने


पोखरा महानगरपालिकाको वडा नं १७ र २१ को बीचको फुस्रे खोलामाथि गण्डकी फर्मले चलाउँदै आइएको तुइन हटाइने भएको छ । बङ्गुरका दाना लगायतका सामग्री ढुवानीका लागि भनिएपनि तुइनबाट विद्यालयका विद्यार्थी तथा सर्वसाधारण जोखिमपूर्ण तबरबाट ओहोरदोहर गरेको पाइएपछि उक्त तुइन हटाउन प्रशासनले निर्देशन दिएको हो । मङ्गलबार तुइनबाट जोखिमपूर्ण रुपमा विद्यार्थी आवतजावत गरेको तस्बीर राष्ट्रिय समाचार समितिबाट सम्प्रेषित भएसँगै यस सम्बन्धमा सरोकारवाला निकायको ध्यानाकर्षण भएको हो । बङ्गुर फर्मका सञ्चालकलाई बोलाएर तुइन तत्काल हटाउन निर्देशन दिइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारले मुलुकबाट तुइन विस्थापित गर्ने अभियान सञ्चालन गरेसँगै माथिल्लो निकायको निर्देशनअनुसार उक्त तुइन हटाउने निर्देशन दिइएको हो । फर्मका सञ्चालक भिमसेन श्रेष्ठले नजिक अन्य पुल र मोटर बाटोसमेत नभएको कारण विकल्पका रुपमा व्यावसायिक प्रयोजनका लागि तुइन सञ्चालन गरिएको बताउनुभयो । फर्ममा हाल ८० वटाभन्दा बढी बङ्गुर रहेको बताउँदै उहाँले आजैका मितिदेखि दाना मात्र बोक्ने र वैकल्पिक व्यवस्थासँगै तुइन विस्तापित गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई