चोरीमा संलग्न दुई पाकिस्तानी पक्राउ


महागरीय अपराध महाशाखाले चोरी कार्यमा संलग्न दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२३ झोँसेमा राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको डेभिस मेट्रो मनी एक्चेन्जमा पैसा साट्ने बहाना पैसा चोर्ने पाकिस्तानका ३२ वर्षीय मोहसीन खान र ३१ वर्षीय पूजा मोहसीन खानलाई आज दिउँसो भक्तपुरबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले रकम साट्ने बहानामा ९०० अमेरिकन डलर, तीन हजार साउदी रियाल र एक हजार ४०० चिनियाँ आरएमभी चोरी गरेर फरार रहेकाले उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ परेकाले वैशाखमा भक्तपुर सूर्यविनायकमा रहेको रामकृष्ण श्रेष्ठले सञ्चालन गरेको आरके इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सेन्टरबाट रु ३० हजार नेपाली, लोकन्थलीमा शान्तकृष्ण हेकाले सञ्चालन गरेको मासु पसलबाट ७० हजार र बुटवलमा शारदा वाग्लेले सञ्चालन गरेको राइजिङ स्पोर्टसबाट रु एक लाख ५० हजार चोरी गरेका थिए । दुवै जनालाई वैशाखमा महाशाखाको टोलीले पक्राउ गरी रु ५०÷५० हजार धरौटीमा छुटेका व्यक्ति भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई