वेरोजगारीको दर ४.९ प्रतिशतमा झर्यो


बेइजिङ, १९ असार: नयाँ चीन स्थापना भएको सत्तरी वर्षयता रोजगार मात्रा विस्तृत हुँदैआएर रोजगारको संरचनामा क्रमशः सुधार भएको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार सन् २०१८ को अन्तमा चीनको रोजगारीको सङ्ख्या ७७ करोड पुगेको र यो चीनको हालको कूल जनसङ्ख्याको आधाभन्दा बढी हो ।  

रोजगारीका संरचनामध्ये दोस्रो र तेस्रो उद्योगको रोजगारीको अनुपात क्रमशः तीस प्रतिशत र पचास प्रतिशत पुगेको छ भने नयाँ चीन स्थापना भएको प्रारम्भिक अवधिभन्दा निकै धेरै बढेको छ । रोजगार मात्रा विस्तृत भएसँगै चीनको अर्थतन्त्रको स्थिर र लगातार विकास भएको देखिन्छ र रोजगार संरचनाको सुधार र मात्रामा वृद्धिले चीनलाई सम्पन्न समाजमा पुग्न सुदृढ आधार प्रदान गरेको छ ।

प्राप्त पछिल्लो जानकारी अनुसार, नयाँ चीन स्थापना भएको सुरूमा अर्थात् सन् १९४९ को अन्तमा चीनका शहरमा बेरोजगार दर २३.६ प्रतिशत पुगेको थियो भने सन् २०१८ को अन्तमा ४.९ प्रतिशतमा झरेको छ । चुङयुआन बैङ्कका प्रथम अर्थशास्त्री वाङ च्युनको विचारमा रोजगार संरचना र मात्रा सुधार भएबाट सर्वसाधारणको आय बढाउन, उपभोग स्तरलाई उकास्न, समस्त समाजलाई खाना–कपडा स्तरबाट सम्पन्न समाजसम्म लैजान सुदृढ आधार बनाइएको छ । केही वर्षयता आफैँ व्यापार चलाउने अवस्था धेरै देखिएको छ । विभिन्न नयाँ उद्योग र मोड पनि उदाएका छन् जसले आर्थिक विकासलाई नयाँ शक्ति प्रदान गर्नका साथै रोजगारको स्थिरतालाई सुदृढ समर्थन पनि दिएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार रोजगारको स्थिति स्थिर हुँदै राम्रो भएको मानिएको छ । सन् २०१३ देखि सन् २०१८ सम्म चीनको शहरमा नयाँ रोजगारीका अवसर थपिएको छ । विगत छ बर्षमा शहरी क्षेत्रमा रोजगारीको सङ्ख्या प्रतिबर्ष एक करोड तीस लाखभन्दा बढी पुगेको छ । सन् २०१८ मा डिजिटल अर्थतन्त्र क्षेत्रको रोजगार सङ्ख्या उन्नाइस करोड दश लाख पुगेको छ भने वर्षभरि कूल रोजगारी सङ्ख्याको पचीस प्रतिशत पुगेको छ । निरन्तर मूल्यको अवस्था हेर्दा सन् २०१८ को कुल ग्राहस्थ उत्पादन सन् १९५२ को तुलनामा १७५ गुणा बढेको छ भने प्रति वर्ष ८.१ प्रतिशत बढेको छ । सन् २०१८ मा चीनको प्रति व्यक्तिको आय नौ हजार ७३२ अमेरिकी डलर पुगेको छ भने मध्य आय स्तर मुलुकको औसत स्तरभन्दा बढी भएको छ ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई