घट्यो सुनको मूल्य   


काठमाडौँ, १९ पुस (रासस) :
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ४००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार ९०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २६५ मा आएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।
–––

प्रतिक्रिया दिनुहोस  
एकीकृत भन्सार जाँच चौकी विराटनगरबाट २१ अर्बभन्दा बढी राजस्व सङ्कलन

विराटनगर, माघ ६  : एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु.

निगमको सञ्चित बचत शून्य, आइओसीलाई भुक्तानी गर्न दुई अर्ब अपुग   

– अशोक घिमिरे काठमाडौँ, ४ माघ (रासस) ः पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको

मुलुकको शोधनान्तर स्थिति रु एक खर्ब ९५ अर्ब घाटामा   

काठमाडौँ, २९ पुस (रासस) : मुलुकको चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भुक्तानी अवस्था एक

नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक   

काठमाडौँ, २९ पुस (रासस) : अन्ततः नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई