कर्णाली प्रदेश सरकारले खेलाडीद्वय सुनमाया र विष्टलाई पुरस्कार दिने   


कर्णाली, २० पुस (रासस) :
कर्णाली प्रदेश सरकारले थाइल्याण्डमा भएको अल्ट्रा ट्रेल रेस प्रतियोगितामा महिलातर्फ प्रथम स्थान हासिल गर्ने सुनमाया बुढालाई रु दुई लाख पुरस्कार दिने निर्णय गरेको छ । एशियाको सबैभन्दा लामो ११० किलोमिटर अल्ट्रा ट्रेल रेस प्रतियोगतामा महिलातर्फ प्रथम र समग्र पुरुषसहितको दौडमा तृतीय स्थान प्राप्त गर्ने बुढा जुम्ला पातारासी गाउँपालिका निवासी हुनुहुन्छ । बुढाले थाइल्याण्डमा आयोजित उक्त प्रतियोगितामा दुई हजार प्रतियोगीलाई पछि पार्दै प्रथम हुनुभएको थियो । आइतबार कर्णाली प्रदेश खेलकुद विकास परिषद्का संरक्षक तथा मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद् बैठकले प्रोत्साहनस्वरुप रु दुई लाख पुरस्कार दिने निर्णय गरेको हो ।

उक्त बैठकले बन्दै गरेको प्रदेश रङ्गशालामा नेपालकै पहिलो भलिबलको कभर्डहल निर्माण गर्ने र हालै बङ्गलादेशमा सम्पन्न भलिबल प्रतियोगीतामा प्रथम स्थान हासिल गरेको नेपाली महिला भलिबल प्रतियोगिताकी खेलाडी जाजरकोटकी कामना विष्टलाई रु ५० हजार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकमा मुख्यमन्त्री शाहीले प्रदेश रङ्गशाला निर्माण नहुँदासम्म वीरेन्द्रनगरस्थित कालिञ्चोक मैदानलाई वैकल्पिक खेलकुद मैदानका रूपमा प्रयोग गर्न र प्रदेश गौरवको एकमात्र आयोजनालाई समयमै निर्माण पूरा हुने गरी कार्ययाोजनासहित काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले मङ्सिर २० गते शिलान्यास गरिएको प्रदेश रङ्गशाला निर्माणको प्रगतिका बारेमा मुख्यमन्त्रीलाई जानकारी गराएको बताउनुभयो । सदस्यसचिव सञ्ज्यालले रङ्गशालाको निर्माणकार्य सुरु भएको २८ दिनको अवधिमा माटो परीक्षण, डिप बोरिङ, विद्युत् टान्सफर्मर राख्ने र साइट घेरबारको काम भइरहेको जनाउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस  
फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व विजेता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ फाइनलमा अर्जेन्टिना बिजय भएको छ । लुसैल स्टेडियममा

अर्जेन्टिना र फ्रान्सको रोमाञ्चक बराबरी

कतार विश्वकपको फाइनलमा एम्वाप्पेले खेलको ११८ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरेका

ब्राजिलले विश्वकप २०२२ जित्ने भविष्यवाणी

काठमाडौं, २ मंसिर । विश्वकप फुटबल प्रतियोगिता आगामी आइतबारबारदेखि कतारमा सुरू हुँदैछ । तर, विश्वकप

नेपाल प्रहरीको महिला फुटबल टिम सेमिफाइनल प्रवेश

स्याङजा, नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत आइतबार भएको महिला फुटबल खेलमा नेपाल पुलिस क्लबले समूह चरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई