फ्याक्ट चेक- नयाँ देखिने होडमा यसरी चिप्लियो नयाँ पत्रिका !


दिपक मनाङ्गे नेकपा प्रबेश गरेपछि नेकपा अध्यक्ष पुष्प कमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई बिच चलेको जुहारीमा नयाँ पत्रिकाले प्रधानमन्त्रीलाई बिना कारण घसिटेको छ।

नेकपा अध्यक्ष दाहालले शुक्रबार पार्टी केन्द्रीय कार्यलय धुम्बारहीमा आयोजित पार्टी प्रबेश कार्यक्रममा बोल्दै बाबुराम भट्टराई जस्ता बौद्धिक नेताहरु कम्युनिष्टहरुले सामाजिक न्यायका लागि बल गरेको बेला कम्युनिष्टमै लाग्नु पर्ने बताउनु भएको थियो। उहाँले बाबुराम जस्ता बौद्धिक नेताको बौद्धिकता कम्युनिष्ट बाहेक अन्त काम नलाग्ने भन्दै भट्टराईलाई नेकपामा आउँन अप्रत्यक्ष रुपले निमान्त्रण दिनु भएको थियो।

थाहाखबर डट कमले अध्यक्ष दाहालको उक्त भनाईलाई उध्रृत गर्दै “कम्युनिष्टमा नजोडिए बाबुरामको बौद्धिकताको के काम?” भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले उक्त समाचारलाई कोट गर्दै कमरेड दीपक मनांगे जस्ता “बौद्धिक भएको कामाउनिष्ट पार्टीमा अरु बौद्धिकहरु पनि आवस्यक पर्छ र ? भन्दै व्यंग्य गर्नु भएको छ।


तर नयाँ पत्रिकाले भने भट्टराईको व्यंग्य अध्यक्ष दाहाल लक्षित नभई प्रधानमन्त्री ओली लक्षित भएको अर्थ लगाएर “प्रधानमन्त्रीलाई बाबुरामको जवाफ मना जस्ता बौद्धिक भित्र्याएपछि अरु किन चाहियो शिर्षकमा समाचार लेखेको छ।


नयाँ पत्रिकाको यस्तो समाचार सामान्य त्रुटी मात्र हो कि प्रधानमन्त्रीलाई जसरी पनि विवादमा तान्ने सम्पादकिय लाईन हो, नयाँ पत्रिकाका सम्पदकलाई नै थाहा होला।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई