‘कसैले चाँहदैमा नेकपा फुटदैन; नेकपा फुटाउने सपना कसैले नदेखे हुन्छ’ – प्रम ओली

नेकपामा विभाजन ल्याइ देशलाई अस्थिर बनाउन केहि शक्तीहरु सक्रिय भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विभाजित गर्ने सपना नदेख्न चेतावनी दिनुभएको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी फुटाउने सपना नदेख्न चेतावनी दिनुभएको हो ।
नेकपा फुटोस भन्ने सपना एक थरीले देख्न थालेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेकपा फुटोस भनेर एक थरीले कामना गरेका छन । पार्टी फुटको अर्थहीन कामना गर्ने छुट छ । कसैले चाँहदैमा नेकपा फुटदैन । नेकपा फुटाउने सपना कसैले नदेखे हुन्छ ।’
थोरै लगानी गरेर धेरै प्रतिफल प्राप्त गर्ने गरि आइफा अवार्डको कार्यक्रम गर्न मन्त्री परिषदले स्वकृति मात्र दिएको अवस्थामा संसदीय समितिले हचुवाको भरमा उक्त कार्यक्रम रोक्न निर्देशन दिएकोमा असन्तुष्टि जनाउनु भएको छ।