कोरोना भाइरसको प्रकोपका कारण चार दिनमा अमेरिकाका तीन हजारभन्दा बढी विद्यालय बन्द   


वासिङटन
२२ पुस (रासस÷सिन्ह्वा) ः अमेरिकामा जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका बताइएको छ । यहाँ पछिल्ला केही हप्तायतादेखि कोरोनाका सङ्क्रमितहरु निकै नै बढ्दै गएको देखिएको छ । बुधबारसम्ममा ३ हजार २२९ विद्यालय बन्द भएका बताइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्तामा अमेरिकामा कोरोना भाइरस बढेकाले विद्यालयमा पनि प्रभाव परेको बताएका हुन् । यहाँ कोरोनाको घातक भेरियन्ट ओमिक्रोन पनि बढ्दै गएको देखिएको छ । न्युजर्सीमा मात्र कम्तीमा पनि ३२ प्रतिशत विद्यालय बन्द भएका बताइएको छ ।

त्यस्तै एटलान्टा, मेरिल्याण्ड तथा न्युयोर्कमा महामारीका कारण विद्यालयहरु बन्दै गरिएका बताइएको छ । गएको ११ दिन यता यहाँ कोरोनाका सङ्क्रमितहरु दोब्बर भन्दा पनि बढी देखिएका छन् । जसका कारण यहाँका अरु धेरै क्षेत्रमा पनि बन्द गर्नुपर्ने अवस्था छ भने विद्यालयहरु पनि बन्द भएका बताइएको छ ।

कोरोनाका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभाव परेको देश हो । यहाँ अहिले पनि लाखौँ सङ्क्रमित भेटिने गरेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस  
नागरिकता बिद्येयक जस्ताको तस्तै पारित, पक्षमा गठबन्धन, बिपक्षमा एमाले

काठमाडौं, भदौं २ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन

एमालेका नेताहरू पाठशालामा

  काठमाडौं । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले आफ्नो बार्षिक कार्ययोजना अन्तर्गत आजदेखि कार्यकर्ताका लागि

अध्यक्ष ओलीले एमाले कार्यकर्तालाई यस्तो दिए निर्देशन

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ हुने आम निर्वाचनमा

२०७९ भाद्र ३ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ । वृष–सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई