जीप दुर्घटनामा


जाजरकोट, २६ चैत ः नलगाड नगरपालिकाको तल्लुबाट दल्लीतर्फ आइरहेको ग १ ज ५८१२ नम्बरको जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । जाजरकोट – डोल्पा सडक खण्डअन्तर्गत नलगाड – ९ दारिमपाटामा आज अपराह्न दुर्घटना हुँदा जीप भेरी नदीमा खसेको थियो । घाइते सबैलाई उपचारका लागि रुकुमको आठबीसकोट नगरपालिकाको राडीस्थित मेडिकल क्लिनिकमा ल्याइएको छ । घाइतेमध्ये तीन जना गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । तीव्र गतिमा भएका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सो सडक खण्डमा पुराना जीप चल्ने गरेका छन् ।
(रासस)

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई