एमाले काठमाडौ अधिवेशन : केही अवमूल्यन नोट


आयोजक हुँ त्यसैले यी सवाल र सुझावहरूको केही प्रतिशत नैतिक रूपमा जिम्मेवारी लिनुपर्छ मैले पनि तर…….यसरी बुझ्नुस्
१. मुलपानी क्रिकेट त्यस्तो खुल्ला हावा चलिरहने स्थानमा पुषको ठण्डीमा चुनौती मोलेर व्यवस्थित पाण्डाल हाली बन्द शत्र चलाईएको छ तर तातोपानी र तातो चियाको भोकमा व्याकुल हुँदै दगुर्न परेको देखियो । म आफूले त थर्मसमै पानी र बिरे नुन लिएर गएकी थिएँ र पनि एक घुट्को तातोपानी सबैका अघि खाने हिम्मत आएन ।
२. हातमै हराउने कागजको कपमा अनेमसंघ गोकर्णेश्वरले २० रूपैयाँमा बेचेको कालो चिया र ३० रूपैयाँमा बेचेको दूध चिया सबैले सानो लवजमा महङ्गो भनी भनी व्यवहारले स्वीकार्दै ग्रहण गरेको देखियो, मैले स्टलमै भनिदिएँ, यस्तो अवस्थामा व्यापार कम, सेवा वढी बिक्री गर्नुस् । धन्न तातोपानी भने अनेमसंघले स्वयंसेवक मार्फत् सेवा दिएको जानकारी गराएसी केही सञ्चो भो मन । तर अनेमसंघ पार्टीको अघिल्लो मोर्चाको भातृ संगठन हो, यस्तो सेवा स्थानीय अनेमसंघले विक्रीमा होइन, स्वयंसेवामा राख्नसकेको भए संगठनको परिचालन र प्रतिष्ठा दुवै उँचो हुन्थ्यो । (म पनि गरिमामय अनेमसंघको केन्द्रीय सदस्य हुँ)
२. शौचालयमा पानीको व्यवस्था नै छैन । अनि दुर्गन्ध र फोहोर हुने नै भयो । कता महिला, कता पुरूष नोटिस राख्नुपर्दैन ?
३. साँझले छोपेपछि बन्दशत्र सिध्याउनु जोखिमपूर्ण छ विशेषगरी महिलालाई । साँझ परेपछि सार्वजनिक यातायात पाउन गाह्रो, पाउँछ कि भनी अनिश्चित पर्खनुपर्ने पीडा बुझ्नुपर्छ नि । आज त्यस्तो नहोस् ।
४. सबैले तोकेको लेबि र अधिवेशन दायित्व बुझाएको छ, प्रतिनिधि र विभिन्न समितिहरूको फोटो र नाम बुझाएको छ । तर परिचय पत्रमा फोटो छैन, सबैले परिचय पत्र सहित परिचित गराउने ज्याकेट पाएका छैनन् ।
५. हिजो जस्तो बन्द शत्र कतिखेर शुरू हुन्छ ? किन ढिला हुन्छ भनी सोधेका प्रश्नहरूमा ‘थाहा छैन’ भन्ने जवाफ आज माथि उठाईएका सवालहरूमा दिइरहन नपरोस् ।
६. आम प्रतिनिधि र स्वयंसेवक र पर्यवेक्षक सहित ३ हजार वा सो भन्दा वढी मानिसहरूको व्यवस्थापन अवश्य जटिल हुन्छ तर उनिहरूको शारीरिक र मानसिक स्वास्थ्य परिस्थिति पनि कमजोर हुन नदिने पक्षमा आयोजकको मुख्य ध्यान जानैपर्छ । कम्तिमा तातोपानी व्यवस्था गरौं । हामी स्वास्थ्यकर्मी टोली उद्घाटनको दिनदेखि सेवारत छौं । ओैषधी किनेर ल्याएरै भए पनि सेवा दिएका छौं, बेचेका छैनौं । गरेको कामको गरें भन्नैपर्छ । (म स्वास्थ्य व्यवस्थापन उपसमितिको संयोजक पनि हुँ)
७. बोल्न थाली सिध्याउन पर्छ नभन्नु । सर्वसम्मतिको नाममा सबै प्रकारका असहिष्णुता सहिन्न । सबै विषय र प्रसङ्गमा महिला लाई काँध नसम्झने ‘पिठ्युँको भारी हरियो घाँस’ सम्झने ‘भालेवाद’ पार्टीमा हामी महिलाले झेल्नुपर्ने सबैभन्दा भारी समस्या हो । अधिवेशन आयोजक हुँ तर सूचना र जानकारीमा पत्रु भएकी छु । कोही केही बोल्दैनन्, भन्दैनन् भन्ने सहनशीलता र मौनता सर्वसहमतिको नाममा आफैप्रति शोषण हो । यसकारण हाकाहाकी बोल्नुस् बरू कुण्ठा नजन्माउनुस् ! शुभ दिन ! जय एमाले ✊✊
प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

एमालेका सचिव योगेश भट्टराईको कडा स्टाटस

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा देखिएको विवादबारे टिप्पणी गर्नुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई