मूर्ति चोर पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–३२ चोर्नी बस्ने राजेशकुमार साह कानुलाई कलात्मक प्राचीन राधाकृष्णको मूर्तिसहित पक्राउ गरेको छ ।
बाराको परवानीपुर गाउँपालिका–३ स्थित राधाकृष्ण मन्दिरको पित्तलजस्तो देखिने धातुको करीब १० किलो तौल भएकोे मूर्ति चोरी गरी लिएर जाँदै गरेको अवस्थामा फेला पारी उक्त मूर्तिसहित निज कानुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।