एमाले अध्यक्ष ओलीलाई एमाले कार्यकर्ताको मार्मिक खुलापत्र


केपी बालाई खुल्ला पत्र

केपी बा हामी पनि तपाईकै मान्छे तपाईलाई राष्ट्रिय बा हाम्रो अभिभावक हाम्रो आदर्श मानेर हिडेका थियौँ त तर यहाँ त तिमी केपी ओलीको मान्छे होइन भन्ने भाग लगाउनेहरुको भिड बढेछ केपी बा

हामीलाई हामी भित्रै विभाजित गर्ने पार्टी नबनोस एमाले, केपी बा यदि यसो हुने हो भने आस्थाको दियो सधैंका लागि निभ्न समय नलाग्न सक्छ, चुनाव पटक पटक आउन सक्छ तर पार्टी प्रतिको संकल्प , विश्वास, आस्थामा र भरोसामा चोट लाग्दा मन कहिल्यै नजोडिने गरी टुट्न सक्छ एउटा election lai मात्र नरोकी दिनुभएको भए सबै तपाईँ कै आफ्ना भएर बसेका कार्य कर्तामा यो तहको नीरासा आउदैन थियो आज मकवानपुरमा जुन दृश्यमा देखियो। हार नै बेहोर्दा नी मैले अझ पार्टीगत कार्य र अभियानमा मिहेनत गर्न बाकी रहेछ भनेर सम्मानजनक हार स्वीकार गरेर अझ उर्जाका साथ कार्य गरीन्थ्यो होला पार्टीभित्र सद्भावसाथ अझ प्रगाढ भाइचाराको सम्बन्ध बढ्थ्यो होला। चुनावको समय आउछ जान्छ, तँछाडमछाड र हामीभित्रको विभेदपूर्ण वातावरणले भोलीको दिनमा हामीलाई के फाईदा पुराउछ के पी बा यस्को जवाफ कस्ले दिने? यसमा के कुराको दोष रह्यो र कस्को दोष? दोष त यहाँ कसैले लिन चाहदैन के पी बा तपाईँले नै भनीदिनुस हामी सधैं हाम्रो एमाले पार्टी भनेर लागी पर्नेको दोष की हाम्रो पहुँच बा समक्ष प्रत्यक्ष प्रस्तुत हुन नसक्नु हाम्रो दोष या त नेताहरूबिचमै अहमता बढ्नुमा दोष? अहिले राजतन्त्र फालेर हामी लोकतान्त्रिक अभ्यासमा छौँ भनेर गौरव गर्छौँ के हामी साँच्चै लोकतान्त्रिक अभ्यासमा छौँ त? हामी हामीमै लोकतान्त्रिक अभ्यासमा कति चुक्दैछौं यसले हामीसंगै आम जनमानसमा प्रश्नवाचक चिन्ह खडा गरी सकेको छ। धेरै ढिलो नगर्नुहोस् के पी बा pannel र गुटबन्दीले पार्टीलाई एक पटक नराम्रोसँग थला पारीसकेको छ अब एमालेमा यो क्रम दोहोरीरहने हो र कुसँस्कारले डेरा जमाउने हो भने हामीले हाम्रो राजनीतिक आदर्श सहितको बा सम्बोधन गर्नेको संख्या के होला के पी बा? हामी सचेत, अचेत वा अर्धचेत कुन अवस्थामा रहने पार्टीमा अब एमाले पार्टीका अध्यक्ष, संरक्षक र अभिभावक के. पी बाको हातमा छ। हामी यूवा जमातलाई pannel को नाममा हुने विभाजित अवस्थामा तुलना गरेर पार्टीभित्र बिभाजित हुने कार्य बन्द गरीयोस विशुद्ध चुनावी प्रक्रिया गर्न सके भोली कसैको मन नभाचिने र लोकतान्त्रिक मर्म स्थापित हुने र पार्टीभित्र हार्दा पनि पार्टीभित्र कसैको आत्मसम्मान कहिले नहारोस ।
उही तपाईँलाई देशकै बा भनेर सम्बोधन गर्ने छोरी
रेश्मी कार्की
प्रतिनिधि
नेकपा एमाले मकवानपुर

प्रतिक्रिया दिनुहोस  
एमाले काठमाडौ अधिवेशन : केही अवमूल्यन नोट

आयोजक हुँ त्यसैले यी सवाल र सुझावहरूको केही प्रतिशत नैतिक रूपमा जिम्मेवारी लिनुपर्छ मैले पनि

उपसना गर्ने तिथिलाई दशैंमा सारेर हिन्दु-बौद्धबीचमा द्वन्द्व गराउने नियोजित षड्यन्त्र

मोहन लामा रूम्वा पवित्र बौद्धग्रन्थअन्तर्गत काग्युरग्रन्थमा उहाँको वाणी “ञ्युङने फेन छेम्बो”मा “हे कूलपुत्र-कूलपुत्री हो, ञ्युङने

सामूहिक नेतृत्व भनेको भीडको नेतृत्व हो

केशवप्रसाद भट्टराई   सामूहिक नेतृत्व भनेको भीडको नेतृत्व हो! अराजकता र निर्णयहीनता पनि हो !

नेकपा (एमाले)को विधान महाधिवेशनमा केही सुझाव

  तिलकराम नेपाली १ सबै पदाधिकारी महाधिवेशन र अधिवेशनबाट निर्वाचन गर्नुपर्ने । २ केन्द्रीय कमिटीमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई