कोभिड–१९ सङ्क्रमण वृद्धि भएपनि तत्काल विद्यालय वन्द नगर्ने पाकिस्तानी मन्त्रीको भनाइ


इस्लामाबाद, २८ पुस (रासस÷एएनआई) ः
पाकिस्तानमा कोभिड–१९ सङ्क्रमण दर उच्च देखिए पनि तत्काल विद्यालयहरू बन्द गर्ने सोचमा सरकार देखिएको छैन ।

तत्काल विद्यालयहरू बन्द नगर्ने सरकारी योजनाबारे मङ्गलबार सञ्चारमाध्यमले सूचना तथा प्रसारण मन्त्रालय स्रोतलाई उद्धृत गरी समाचारमा उल्लेख गरेका छन् ।

“संघीय सरकारलाई देशमा बढ्दो कोभिड–१९ सङ्क्रमणका घटनाको बारेमा जानकारी छ तर तत्काल पाकिस्तानमा पुनः लकडाउन वा विद्यालय बन्द गर्ने योजना बनाएको छैन,” मन्त्रीपरिषद् बैठक पश्चात पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले भन्नुभयो ।

मुलुकमा कोभिड–१९ सङ्क्रमण दर दोब्बर भएको जानकारी संघीय मन्त्रालयलाई जानकारी रहेको तर विद्यालय बन्दको सम्भावना तत्कालका लागि नरहेको पाकिस्तानी टेलिभिजन जियो न्यूजसँग बोल्दै मन्त्री चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उच्च सङ्क्रमण दरका बावजुद पनि हामीले पाकिस्तानमा लकडाउन वा विद्यालय बन्द गर्ने सोच बनाएका छैनौँ । अर्को लकडाउनको बोझ हाम्रो अर्थतन्त्रले बोक्न सक्दैन ।”

देशले कोरोनाभाइरसको सामना गर्न सक्ने कुरामा जोड दिँदै चौधरीले सरकारले तालाबन्दी नलगाउने तर परिस्थितिको अनुगमन जारी राख्ने बताउनुभयो । कोरोनाभाइरस फैलिन नदिन देशका जनतालाई मास्क प्रयोग गर्न पनि मन्त्रीले आग्रह गर्नुभयो ।

चौधरीले पाकिस्तानले ‘उत्कृष्ट’ कोभिड–१९ खोप अभियान चलाइरहेको पनि बताउनुभयो । संघीय सरकारले खोपमा दुई अर्ब अमेरिकी डलर लगानी गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु , १० हजार २५४ जनामा संक्रमण

    काठमाडौं- नेपालमा विगत २४ घण्टामा १०,२५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र कोभिडकै

भारतमा एकैदिनमा थप तीन लाख ३७ हजार सङ्क्रमित

नयाँदिल्ली, माघ ८ गते : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४

पूर्व प्रधानमन्त्री डा.भट्टराईले अध्यक्ष ओलीलाई हिटलरको संज्ञा दिएपछि एमालेका प्रभावशाली नेता बाँस्कोटाद्धारा त्यसको कडा प्रतिवाद

काठमाडौं, माघ ८: जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष

जापानमा ५ देखि ११ वर्षका बालबालिकालाई पनि फाइजर खोप लगाइने

माघ ८ गते : जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई