गल्ती गरेको भन्दै संसदिय समितिलाई माफी माग्न सांसदको आग्रह

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य विजय सुब्बाले स्थानीय तहका कर्मचारी भर्नासंग सम्बन्धित लोक सेवा आयोगको विज्ञापनको बारेमा समितिले दिएको निर्देशनमा गल्ती पाइएकोले उक्त गल्तीको लागि माफि माग्न सभापति शशी श्रेष्ठसँग आग्रह गर्नु भएको छ।
सांसद सुब्बाले शुक्रबार बसेको समितिको बैठकमा लोक सेवा आयोगले निकालेको विज्ञापनमा के–के रहेछ? भन्ने थाहा नभई लोक सेवा आयोगलाई गलत निर्देशन दिएकाले समितिले गल्ती स्विकारेर माफि माग्नु पर्ने धारणा व्यक्त गर्नु भएको हो।
“लोक सेवा आयोगले खुलाएको सो विज्ञापनमा के–के रहेछ? भन्ने थाहा रहेनछ, लोक सेवा आयोगको ऐनमा के छ? त्यहाँ समावेशी सिटहरु कति छन्? थाहा भएपछि बोल्नुपर्नेमा अहिलेसम्म थाहा रहेनछ, अब लोक सेवा आयोगसँग सो सम्बन्धमा पुनः जानकारी मागौं, थाहा पाऔं अनि गल्ती गरिएछ भनेर समिक्षा गरौं ” सांसद सुब्बाले भन्नु भयो।