शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता   


पाल्पा, २९ पुस (रासस) :
तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई रु एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ ।

शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो । राजीनामा स्वीकृत भएपछि अवकाश गर्ने शिक्षकले रु एक लाख प्रोत्साहन भत्ता पाउने भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बालविकास सहजकर्तालाई मासिक रु हजार पारिश्रमिक उपलब्ध गराउन थालेको छ ।

यसैबीच विद्यालयका सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालकको न्यूनतम पाश्रिमिक मासिक रु १५ हजार उपलब्ध गराउन थालिएको नगर प्रमुख अशोककुमार शाहीले बताउनुभयो । यसअघि बालविकास सहजकर्ताको पारिश्रमिक रु छ हजार ५०० रहेको थियो । न्यूनतम पारिश्रमिकमा दिनभर ससाना बालबालिकालाई पठनपाठन गराउनुपर्ने बाध्यता रहेको थियो । बालविकास सहजकर्ताको तलब पुनरावलोकन समितिको गत कात्तिक १५ गतेको बैठकको निर्णयअनुसार नगरपालिकाले पारिश्रमिक बढाएको हो ।

नगरपालिकाले रु ९४ लाख ५१ हजार थप गर्ने निर्णय गरेको हो । नपुग रकम कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चबाट भुक्तानी गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालक ११८ र बालविकास सहजकर्ता ४६ जना रहेका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा कर्मचारी तथा बालविकास सहजकर्ताका लागि वार्षिक रु एक करोड १८ लाख बराबर खर्च भएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस  
पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु , १० हजार २५४ जनामा संक्रमण

    काठमाडौं- नेपालमा विगत २४ घण्टामा १०,२५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र कोभिडकै

भारतमा एकैदिनमा थप तीन लाख ३७ हजार सङ्क्रमित

नयाँदिल्ली, माघ ८ गते : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४

पूर्व प्रधानमन्त्री डा.भट्टराईले अध्यक्ष ओलीलाई हिटलरको संज्ञा दिएपछि एमालेका प्रभावशाली नेता बाँस्कोटाद्धारा त्यसको कडा प्रतिवाद

काठमाडौं, माघ ८: जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष

हुम्लामा हिमपात,जनजीवन कष्टकर

हुम्ला, माघ ७ गते : हुम्लामा हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई