नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक   


काठमाडौँ, २९ पुस (रासस) :
अन्ततः नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । आज प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको छ । नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीका अनुसार ललितपुरस्थित एक होटलमा आज प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नबिलका तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बङ्गलादेश बैंकका तर्पmबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ । बङ्गलादेशको आइएफआइसी बैंकको ४१ प्रतिशत बराबरको शेयर स्वामित्वका विषयमा लामो समयदेखि कुरा मिल्न सकेको थिएन । सो बैंकको शेयर अब उद्योगपति विनोद चौधरीको परिवारले खरिद गर्ने भएको छ ।

समझदारीसम्बन्धी जानकारी शुक्रबार नेपाल राष्ट्र बैंकलाई गराउने तयारी गरिएको छ । बैंक तथा वित्तीय संस्थाको सङ्ख्या कम गर्ने केन्द्रीय बैंकको नीतिलाई कार्यान्वयन गर्दै नबिलले नेपाल बङ्गलादेश बैंक प्राप्ति गर्न लागेको हो । यसअघि ग्लोबल आइएमई बैंकले जनता बैंकलाई प्राप्ति गरेको थियो ।

वित्तीय स्थिरताका लागि बैंक तथा वित्तीय संस्थाका सङ्ख्या कम गर्ने नीति केन्द्रीय बैंकले लगातार अगाडि बढाइरहेको छ । सोही नीतिअनुसार प्राप्ति गर्नेलाई विशेष सुविधा प्रदान गर्ने व्यवस्था गरिएको छ । पूर्वगभर्नर चिरञ्जीवी नेपालको कार्यकालमा ग्लोबल र जनता बैंक एक आपसमा गाभिएर एकीकृत कारोबार गरेको थियो ।

प्राप्त जानकारीअनुसार दुई बैंक एकआपसमा गाभिएपछि बैंकको कुल चुक्ता पुँजी रु २२ अर्ब ८३ करोड बराबर पुग्नेछ । हाल नबिल बैंकको चुक्ता पुँजी रु १३ अर्ब ८४ करोड रहेको छ भने नेपाल बङ्गलादेश बैंकको रु नौ अर्ब चार करोड छ ।

गत आवको नाफाबाट नबिलले ३३.६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ भने नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस आधारमा लाभांशपछि बैंकको चुक्ता पुँजी रु २२ अर्ब ८३ करोड पुग्नेछ । प्राप्तिपछि नबिल बैंकको निक्षेप रु तीन खर्ब नौ अर्ब बराबर पुग्नेछ भने कर्जा रु दुई खर्ब ८८ अर्ब पुग्नेछ । हाल नबिल बैंकको शाखा १३५ वटा छन् भने एटिमएम १८५ वटा छन् ।

यस्तै नेपाल बङ्गलादेश बैंकको शाखा ९९ वटा र एटिएम ८१ वटा छन् । नबिलले प्राप्ति गरेपछि बैंकको नाम नबिल बैंक नै रहनेछ । कर्मचारी व्यवस्थापन तथा अन्य केही प्राविधिक विषय भने टुङ्गो लगाउन बाँकी छ । यस्तै हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच पनि मर्जरको प्रक्रिया धेरै अगाडि बढिसकेको छ ।
–––

प्रतिक्रिया दिनुहोस  
पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु , १० हजार २५४ जनामा संक्रमण

    काठमाडौं- नेपालमा विगत २४ घण्टामा १०,२५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र कोभिडकै

भारतमा एकैदिनमा थप तीन लाख ३७ हजार सङ्क्रमित

नयाँदिल्ली, माघ ८ गते : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४

पूर्व प्रधानमन्त्री डा.भट्टराईले अध्यक्ष ओलीलाई हिटलरको संज्ञा दिएपछि एमालेका प्रभावशाली नेता बाँस्कोटाद्धारा त्यसको कडा प्रतिवाद

काठमाडौं, माघ ८: जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष

जापानमा ५ देखि ११ वर्षका बालबालिकालाई पनि फाइजर खोप लगाइने

माघ ८ गते : जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई