योगी नरहरिनाथको शालिक अनावरण   


कनकाई, ३० पुस (रासस) :
कनकाई, ३० पुस (रासस) : झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम परिसरमा योगी नरहरिनाथको शालिक अनावरण गरिएको छ ।

संस्थाका अध्यक्ष नवलकिशोर दत्तको सभापतित्वमा कोटी होम परिसरमा आयोजना गरिएको एक समारोहका बीच वैद्विक मन्त्रोचारणका साथ योगी नरहरिनाथको शालिक अनावरण गरिएको हो ।

भmापा क्षेत्र नं ४ का सांसद एलपी साँवा लिम्बू, प्रदेशसभा सदस्य हीराकुमार थापा, नगरप्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँलगायतले शालिक अनावरण गर्नुभएको हो । शालिक अनावरणसँगै कोटी हवन शान्ति कलश स्तम्भसमेत शिलान्यास गरिएको छ ।

पानीको फोहोरासहितको आकर्षकस्थल निर्माणका लागि नगरपालिकाले रु १८ लाख रकम विनियोजन गरेको थियो । योगीको अर्धकदको शालिक ईश्वरकृष्ण महाराजले सौजन्य गर्नुभएको हो । कोटी होम परिसरको भौतिक पूर्वाधार पुनःनिर्माणका लागि सङ्घीय सांसद साँवाबाट प्राप्त रु ५० लाख बजेट खर्च भइसकेको बताइएको छ । कोटीहोम परिसरमा चाँडै क्यामेरा जडानका लागि आवश्यक तयारी भइरहेको संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण ओलीले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस  
पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु , १० हजार २५४ जनामा संक्रमण

    काठमाडौं- नेपालमा विगत २४ घण्टामा १०,२५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र कोभिडकै

भारतमा एकैदिनमा थप तीन लाख ३७ हजार सङ्क्रमित

नयाँदिल्ली, माघ ८ गते : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४

पूर्व प्रधानमन्त्री डा.भट्टराईले अध्यक्ष ओलीलाई हिटलरको संज्ञा दिएपछि एमालेका प्रभावशाली नेता बाँस्कोटाद्धारा त्यसको कडा प्रतिवाद

काठमाडौं, माघ ८: जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष

जापानमा ५ देखि ११ वर्षका बालबालिकालाई पनि फाइजर खोप लगाइने

माघ ८ गते : जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई