भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्पको धक्का

२१ असार, काठमाडौं : आज दिउँसो काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको छ ।
भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।
भूकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्केका थिए।
भूकम्पको धक्का काठमाडौँ आसपासका जिल्लाहरू नुवाकोट, धादिङ, रसुवा, काभ्रे, सिन्धुपाल्चोक र मकवानपुरमा महसुस गरिएको छ ।