साताको शेयर बजार: अढाई अर्ब माथिको कारोबार


धितोपत्र बजारमा यस साता कूल १७७ कम्पनीको एक करोड ६० लाख ९९ हजार ९६३ कित्ता शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर रु दुई अर्ब ६६ करोड ९७ लाख नौ हजार १७२ मूल्य बराबरको कारोवार भयो ।

अघिल्लो साताको बिहीबार १.१४ बिन्दुले घटेर एक हजार २५७.१५ बिन्दुमा पुगेर बन्द भएको कारोवार मापक नेप्से परिसूचक यस साताको पहिलो दिन भने दोहोरो अङ्ले घट्यो । स्टकका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव २७ बिन्दुले घटेर एक हजार २४४ दशमलव ८९ बिन्दुमा झ¥यो ।

सो दिन ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९२ बिन्दुले घटेर २६९ दशमलव २४ अङ्कमा पुग्यो । नेप्से घटे पनि कारोवार रकममा भने सामान्य सुधार भयो । कूल १७२ कम्पनीको २३ लाख ६१ हजार ५०० कित्ता शेयर रु ६४ करोड ५० लाख ९९ हजार ३७ मूल्यमा खरीद बिक्री भए । यस्तै सोमबार कूल १२ लाख २१ हजार ४०० कित्ता शेयर रु ३७ करोड ४७ लाख २५ हजार ७५ मूल्यमा कारोवार भयो । कूल १६९ कम्पनीको शेयर कारोवार भएको सोमबार नेप्से सामान्य अङ्कले घट्यो । नेप्से एक हजार २४२.०३ बिन्दुमा ओर्लियो । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक मङ्गलबार भने दोहोरो अङ्कले वृद्धि भयो । सो दिन नेप्से परिसूचक ११.०२ बिन्दुले बढेर एक हजार २५३.०६ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.४३ बिन्दुले बढेर २६९.९६ मा पुग्यो । नेप्से परिसूचक बढे पनि कारोवार रकममा भने अपेक्षित वृद्धि हुनसकेन ।

कूल १७० कम्पनीको १४ लाख ६६ हजार ८९७ कित्ता शेयर रु ४२ करोड ९४ लाख ७७ हजार २८८ मूल्यमा कारोवार भयो । मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको नेप्से परिसूचक बुधबार पनि दोहोरो अङ्कले वृद्धि भयो । सो दिन परिसूचक १५.६२ अङ्कले बढेर एक हजार २६८.६८ विन्दुमा पग्यो । यस्तै ठूला कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अङ्कले बढेर २७२.९८ विन्दुमा पुग्यो । कूल १७४ कम्पनीका २० लाख ६४ हजार ९१३ कित्ता शेयर रु ५५ करोड दुई लाख ४७ हजार ८१३ मा खरिद बिक्री भए । मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार भने आठ अङ्कले घट्यो । स्टकका अनुसार नेप्से ८.२७ बिन्दुले घटेर एक हजार २६०.४७ मा झ¥यो । नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भयो । कूल १७७ कम्पनीको ८९ लाख ८५ हजार ३५३ कित्ता शेयर रु ६७ करोड एक लाख ६९ हजार ९२९मा खरीद बिक्री भए ।

प्रतिक्रिया दिनुहोस  
भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो: अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

अर्थमन्त्री बिष्णु पौडेलको एउटै निर्णयले २४ अर्ब बचत

काठमाडौं, अर्थ मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही – गोलभेँडाको उचित मूल्य नपाएपछि हरिवनका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई