मास्टर्स इन बिजनेश एण्ड इकोनोमिक्स सुरु   


काठमाडौँ, ४ माघ (रासस):
काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले अन्तर्राष्ट्रियस्तरको नयाँ कार्यक्रम ‘मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स’को सुरुवात गरेको छ ।
ललितपुरमा आज आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका डीन प्रा देवी विडारीले अन्तर्राष्ट्रिय जगत्मा अर्थशास्त्र विधामा भएका नवीन खोज तथा अनुसन्धानलाई व्यवस्थापन शिक्षासँग समायोजन गरी भविष्यमा मुलुकलाई चाहिने व्यापार–अर्थशास्त्रका विज्ञ उत्पादन गर्न उक्त कार्यक्रम प्रारम्भ गरिएको जानकारी दिनुभयो ।

नेपालमा पहिलोपटक उक्त कार्यक्रम सुरु गरिएको उल्लेख गर्दै उहाँले विश्वका अन्य मुलुकमा पनि उक्त कार्यक्रम सञ्चालन भइरहेको तथा तीमध्ये प्रतिष्ठित हार्वर्ड विश्वविद्यालय, लण्डन विश्वविद्यालय र दिल्ली विश्वविद्यालयमा अध्यापन भइरहेको जानकारी दिनुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बैंक, वित्तीय संस्था, उद्योग–व्यवसाय तथा व्यापारिक निर्णयका लागि विश्लेषणात्मक क्षमतायुक्त जनशक्ति उत्पादनको लक्ष्यका साथ उक्त कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो । कूल ६६ क्रेडिटको दुईवर्ष अवधिको उक्त कार्यक्रम चार सेमेष्टरको हुने तथा अर्थशास्त्र, व्यवस्थापन, विज्ञान र इञ्जिनियरिङ सङ्कायमा स्नातक तहमा ५० प्रतिशत वा २ जिपीएसहित उत्तीर्ण विद्यार्थी भर्नाका लागि योग्य हुने विडारीले जानकारी दिनुभयो । उक्त कार्यक्रम पूरा गर्न रु पाँच लाख ५० हजार लाग्नेछ ।
–––

प्रतिक्रिया दिनुहोस  
सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेको मनोनयन दर्ता

काठमाडौं, माघ ४ । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ ।

शपथ लिएपछि राप्रपाका मन्त्रीहरु पशुपतिनाथ दर्शनमा

  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री हुनु भएकाहरू राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं, माघ ३ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागवण्डा टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई