कोरोना संक्रमण अहिलेसम्मकै धेरै, एकैदिन थपिए १०२५८ संक्रमित
काठमाडौँ, ४ माघ : नेपालमा मंगलबार एकै दिन १० हजार बढी कोरोना संक्रमित थपिएका छन्।
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २२ हजार ८२८ जनाको नमूना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ८७२ नमूनाको पीसीआर र ४ हजार ९५६ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो।
काठमाडौं उपत्यकामा मात्र ५५४९ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४००४, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकाको सक्रिय संक्रमित संख्या २४ हजार ५७६ छ ।