बुधबार सार्वजनिक बिदा


 

माघ ५ : मधेश बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ। प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा मंगलबार बिदा दिएको प्रदेश सरकारले बुधबार पनि मधेस बलिदानी दिवसको अवसरमा पनि सार्वजनिक बिदा दिएको हो।

मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा बुधबार पनि प्रदेशमा सार्वजनिक बिदा दिएको प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए।

मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ। प्रदेश सरकारले यसवर्ष सप्तरीको राजधानीमा माघ ५ गते विशेष कार्यक्रम गरी मनाउन लागेको छ। यस वर्षको कार्यक्रममा मधेश आन्दोलनका क्रममा सहिद भएकाको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम रहेको मन्त्री साहले बताए।

राजविराजमा हुने कार्यक्रमका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता तथा प्रदेश सरकारका मन्त्री मंगलबार नै राजविराज पुगिसकेका छन्।

प्रतिक्रिया दिनुहोस  
कोर सिटिमा स्थापितको अत्याधीक मत

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर

५ सय ५५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते

काठमाण्डाै : अहिलेसम्म ५ सय ५५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहको ८ न वडामा अग्रता

  काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ न वडामा अग्रता

२०७९ जेठ ६ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई