बाढीपीडितका लागि कर्णाली प्रदेशद्वारा १२ करोड निकासा


 

कर्णाली, माघ ५ गते । कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि रु १२ करोड निकासा गरेको छ । विसं २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगङ्गा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि सो रकम निकासा गरिएको हो ।

बाढीबाट एक हजार ४५ घरमा पूर्णरूपमा क्षति पुगेको थियो । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत कात्तिक २९ गते मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालयमार्फत रु ६१ लाख ८५ हजार राहत रकम पठाउनुभएको छ । यस्तै रु दुई करोड बराबरको विपद् सामग्री खरिद गर्न बोलपत्र आह्वान गरिएको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ७१८ वडाका एक हजार ५५ आयोजनाको छनोट भएको मुख्यमन्त्री शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णालीको बेरोजगारी र गरिबी समाधानका लागि बजेट छुट्टयाइएको हो । रोजगार कार्यक्रमका लागि छनोट भई आएका आयोजनाको कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहमा बजेट पठाइसकेका छौँ ।”

प्रदेश सरकारको ब्याज अनुदान कार्यक्रमतर्फ हालसम्म बैंकबाट २०९ र सहकारीबाट ६११ व्यवसायीले अनुदान लिएको र त्यसवापत रु एक करोड ५१ लाख प्रदेश सरकारले ब्याज भुक्तानी गरेको मुख्यमन्त्री शाहीले बताउनुभयो । प्रदेश सरकारद्वारा ‘कर्णाली प्रदेश प्रसारण नियमावली, २०७६’ संशोधन गरी सञ्चारमाध्यमको आव २०७८÷७९ को नवीकरण दस्तुर छुट र रोयल्टी शुल्क एक प्रतिशत झारिएको छ ।

प्रतिक्रिया दिनुहोस  
एमालेले समानुपातिक सांसदको टुंगो आज लगाउने

काठमाडौं – नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज

२०७९ मंसिर २३ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आफन्तको साथ मिल्नेछ ।सन्तानको माया मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुनेछ ।

महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई