पूर्वाधारको तयारी गरेर तरकारी र फलफूलमा रहेको विषादी परीक्षण हुन्छ- प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधारको तयारी गरेर मुलुकमा भित्रिने तरकारी र फलफूलमा रहेको विषादी परीक्षण गर्नेमा सरकार दृढ रहेको बताउनु भएको छ। पार्टीको संसदीय दलको बैठकमा नेकपा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विदेशबाट आयातित हुने तरकारी र फलफूल परिक्षण गर्ने कार्य पूर्वाधारको कमीका कारण हाललाई स्थगित गर्नु परेको बताउनु भयो। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यथष्ट तयारी नगरेकाले अब तयारीका साथ सरकार अगाडि बढ्ने जानकारी गराउनु भयो।
प्रधानमन्त्रीले विदेशी तरकारी तथा फलफुल मात्र हैन स्वदेशी उत्पादनको पनि परीक्षण गर्न सरकारले यथष्ट पूर्वाधार तयार गर्ने बताउनु भएको छ।