युवा संघको विवाद ! उपाध्यक्ष रोशन बस्नेतले लेखे कडा स्टाटस
२०७८ माघ ५ काठमाडौं : नवौँ महाधिवेशन गर्ने तयारीमा रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र मतभेद देखिएको छ । पुस २८ र २९ गते पोखरा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति असन्तुष्ट रहेका युवा संघका उपाध्यक्ष लगायतका पदाधिकारीहरूले अबैधानिक कदम भन्दै सो कदम सच्याउनु पर्ने बताउन थालेका छन ।
यसैक्रममा युवा संघका उपाध्यक्ष रोशन बस्नेतले सामाजिक सन्जाल फेसबुकमा एक कडा स्टाटस लेख्दै अबैधानिक कदम उल्टिन्छ भन्नुभएको छ ।
हेर्नुस बस्नेतको स्टाटस
भ्रममा नपारौ,
फुदा हालेर बुदा बनाउन जरुरी छैन ।विधि, बिधान पद्धति भन्दा माथी कोही छैन । अबैधानिक कदम उल्टिन्छ ।