भारतमा एकैदिनमा थप दुई लाख ८२ हजार सङ्क्रमित


नयाँदिल्ली, माघ ५ गते । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ८२ हजार ९७० जना सङ्क्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रतिदिन वृद्धि हुँदै आइरहेको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ७९ लाख १ हजार २४१ रहेको अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १८ लाख ३१ हजार रहेको छ । हाल रहेका सक्रिय सङ्क्रमितमध्ये आठ हजार ९६१ जना मात्रै ओमिक्रोनबाट सङ्क्रमित रहेको पाइएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनभाइरसबाट अघिल्लो दिनको तुलनामा बुधबार सङ्क्रमितहरुको सङ्ख्या ०.७९ प्रतिशत बढी छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट एक लाख ८८ हजार १५७ जना सङ्क्रमणमुक्त भएका छन् ।भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५५ लाख ८३ हजार ३९ पुगेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९३.८८ प्रतिशत रहेको जनाइएको छ ।

पछिल्लो एक दिनमा ४४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८७ हजार २०२ छ । कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड ७४ लाख भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५८ करोड ८८ लाख ४७ हजारभन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई