अवैधरूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुने


 

काठमाडौं, माघ ५ गते : सरकारले कोरोना भाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखन गरेको पाइएमा कारबाही गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएमा कारबाही गरिने बताउनुभएको हो ।

“अवैधरूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुने छ”, उहाँले जारी गर्नुभएको सूचनामा भनिएको छ, “कोरोनाविरुद्धको खोप बेचबिखन भएको थाहा पाउने जो कोहीले स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ ।”

सरकारले खोप अभियान सञ्चालन गरी सबै नागरिकलाई खोप लगाइरहेको छ । अहिले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई र १८ वर्षभन्दा माथि सबैलाई खोप लगाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्री गुणबद्र्धने विच भेटवार्ता

काठमाडौ/माघ २१ परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालले श्रील.काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयक बैठक शुरु हुनु भन्दा अगाडि अध्यक्ष रवी लामिछानेको यस्तो आयो ट्विट

  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । केहीबेर अघि राजधानीस्थित पार्टी

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने

काठमाडौँ । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । आज विहान ९ बजे 

अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग हुने

काठमाडौं, १९ माघ : नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई