फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
काठमाडौं– नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। बुधवार निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ वृद्धि गरेको हो । मूल्य वृद्धिसँगै अब पेट्रोलको प्रतिलिटर १३९ रुपियाँ पुगेको छ भने डिजेल र मट्टितेल १२२ रुपियाँ पुगेको छ ।
त्यस्तै आन्तरिक हवाई इन्धनमा पाँच रुपियाँ वृद्धि गरेको छ । मूल्य वृद्धिसँगै आन्तरिक हवाई ईन्धनको मूल्य अब प्रतिलिटर १०६ रुपियाँ पुगेको छ । तर, निगमले खाना पकाउने ग्यासको मूल्य भने नबढाएको जनाएको छ ।