पाँच दलीय समन्वय समितिको बैठक किन भयो स्थगित ?
काठमाडौं, माघ ६ : सत्तारुढ गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । आज ४ बजे गठबन्धन समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको थियो ।
सत्ता गठबन्धनमा स्थानीय तहको चुनाव अगाडि गर्ने कि प्रतिनिधिसभाको भन्ने विषयमा एकमत नभएपछि बैठक स्थगित भएको स्रोतले बताएको छ । तर प्रधानमन्त्रीको कार्यव्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको गठबन्धन समन्वय समितिका एक नेताले बताएका छन ।