सत्ता गठबन्धनमा स्थानीय तहको चुनाव अगाडि गर्ने कि प्रतिनिधिसभाको भन्ने विषयमा एकमत नभएपछी महामन्त्रीथापाको यस्तो आयो ट्विट
काठमाडौं , माघ ६ ; नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधानले स्थानीय तहमा जनप्रतिनिधि रिक्तताको कल्पना नै नगरेको बताउनु भएको छ ।
सत्ता गठबन्धनमा स्थानीय तहको चुनाव अगाडि गर्ने कि प्रतिनिधिसभाको भन्ने विषयमा एकमत नभएर बैठक स्थगित भएपछी कांग्रेस महामन्त्री थापाले निर्वाचनबारे कुनैपनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक हुने बताउनु भएको हो ।
सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै थापाले उक्त कुरा बताउनु भएको हो ।
हेर्नुस थापाको ट्विट
हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अत:निर्वाचनबारे कुनैपनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।कांग्रेस प्रष्ट छ-असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ