पूर्वमन्त्री योगेश भट्टराईको यस्तो आयो ट्विट
काठमाडौं, माघ ७ : नेकपा एमालेका सचिव तथा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले संबिधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हाटाउनु पर्यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नु पर्यो भन्नुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले १५ वर्ष पहिले जस्तै गौर हत्याकाण्ड दोहोर्याउने धम्की दिएपछी भट्टराईको ट्विट आएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले १५ वर्ष पहिले जस्तै गौर हत्याकाण्ड दोहोर्याउने धम्की दिएपछी सामाजिक सन्जालमा यसको व्यापक बिरोध भएको छ ।
गौरमा ७ चैत २०६३ मा तत्कालीन पार्टी मधेशी जनअधिकार फोरमका कार्यकर्ताले एउटै स्थानमा सभा गरेको निहुँमा तत्कालीन नेकपा (माओवादी) का २८ जना कार्यकर्ताको निर्ममतापूर्वक हत्या गराएको थियो ।
हेर्नुस भट्टराईको
प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संबिधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हाटाउनु पर्यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नु पर्यो । अर्को बाटो छैन ।